सडकमा वृद्धालाई ठक्कर दिएर हत्या गर्ने ट्रिपर राजधानीमा लुकाइराखेको अवस्थामा फेला

काठमाडौं, १३ पुस । काडमाडौं मिनभवनमा एक वृद्धालाई ठक्कर दिएर भागेको टिपर क्षेत्रपाटीमा लुकाइएको अवस्थामा फेला परेको छ ।

मिनभवनको नापी विभाग अगाडि ७० वर्षीया राति करिब साढे ९ बजे टिपरले ठक्कर दिँदा वृद्धा गम्भिर घाइते भएकी थिइन् । लगत्तै, उनलाई उपचारका लागि नजिकैको सिभिल अस्पताल र्पुयाइएको थियो । तर, चिकित्सकले मृत घोषित गरे । मृत्यु हुने वृद्धाको परिचय खुलेको छैन । अहिलेसम्म आफन्त पनि सम्पर्कमा आएका छैनन् ।

घटनापछि प्रहरीले काठमाडौंका विभिन्न ठाउँमा चेकजाँच र नाकाबन्दी बढाएर टिपरको खोजी तीब्र पारेको थियो । त्यसक्रममा क्षेत्रपाटीमा टिपर भेटिएको महानगरीय ट्राफिक महाशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकालले बताए । उनले भने, ‘सामान खन्याएर लुकाएर राखिएको अवस्थामा टिपर भेटिएको छ । चालक फरार छन् ।’ हुलियाको आधारमा चालकको खोजी भइरहेको उनले बताए ।

Loading...