विश्वका चर्चित १४ शहरका अग्ला टावरमा नेपालको झण्डा र भ्रमण वर्ष २०२० को लोगो फहराइने

काठमाण्डौँ १३ पुस । नेपाल भ्रमण वर्ष  २०२० को प्रचार गर्न विश्वका अग्ला टावरमा नेपालको झण्डा र भ्रमण वर्ष २०२० को लोगो फहराइने भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले डिसेम्बर ३१ तारिखका दिन विश्वका चर्चित १४ शहरका अग्ला भवनमा नेपालको झण्डा फहरिने पक्का भएको जानकारी दिनुभयो । मन्त्री भट्टराईले यसको संयोजन गर्ने गैरआवासीय नेपाली सङ्घ एनआरए अध्यक्ष कुमार पन्तलाई धन्यवाद पनि दिएका छन ।

यसअघि संविधान दिवसको दिन संसारकै अग्लो यूएईको बुर्ज खालिफा टावरमा नेपालको झण्डा फहराइएको थियो । उनले अहिले १४ देशका अग्ला टावरको पक्का भएको र बाँकीको लागि पनि तयारी भैरहेको बताए । मन्त्री भट्टराईका अनुसार निम्न सहरका अग्ला टावरमा नेपालको झण्डा र नेपाल भ्रमण वर्षको लोगो फहाराइनेछ ।

सिड्नी अस्ट्रेलिया, वेलिङ्टन न्युजिल्याण्ड, टोक्यो जापान, सियोल दक्षिण कोरिया, दोहा कतार, यूएई दुबई, हङकङ, म्युनिख जर्मनी, ब्रसेल बेल्जियम, बेलायत लण्डन, न्यु योर्क अमेरिका, डब्लिन इरेल्याण्ड, टोरन्टो क्यानडा र शिकागो अमेरिका ।

Loading...