महानगरले फ्लेक्स होडिंग बोर्ड हटाउनुको कारण एस्तो रहेछ ।

 

पुस ११ ,काठमाडौँ । सहर कुरुप बन्दै गएको भन्दै काठमाडौँ महानगरपालिकाले उपत्यकाको चोक तथा मुख्य सडक छेउ बिज्ञापनका लागि राखिएको होर्डिङ बोर्ड, पर्चा, पम्पलेट, पोष्टर लगाएत सामग्री हटाउन सुरु गरेको छ ।
बिहिबार गृहमन्त्रालयमा गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बसेको सरोकारवाला निकायहरुसहितको बैठकले गरेको निर्णय लगत्तै शुक्रबार देखि माइतीघर, तिनकुने, टेकुलगायतका स्थामा महानगरका कर्मचारीले होर्डिङ बोर्ड हटाउनमा तिब्रता दिएका छन् । हाल तत्कालका लागि महानगरले चार ओटा समूह बनाएर होर्डिङ बोर्ड, पर्चा, पम्पलेट, पोस्टर, भित्तेलेखन हटाउने अभियानको सुरुवात छ ।
महानगरका प्रवक्ता इश्वरमान डंगोलले nanstopkhabar लाइ दिएको जानकारी अनुसार सबै होडिंङ् बोर्ड हटाउन १ महिना १५ दिन सम्मलाग्ने बताउनु भयो । प्रवक्ता डंगोलले बताउनुभयो ” जथाभाबी बिज्ञापन गर्ने परिपाटीले सहरी सौन्दर्यता कुरुप बन्दै गएको छ । अब काठमाडौँ महानगरलाइ सुन्दर ब्यबस्थित र भ्रमण बर्ष २०२० समेत लक्षित गरि सहरी सौन्दर्यीकरणलाइ मध्ये नजर गरि जथाभावी रुपमा रहेका यस्ता सामग्री हटाउने र सहरी सौन्दर्यलाइ न्युनतम सम्म पनि असर नगर्ने गरि उचित स्थानमा डिजिटल बिज्ञापन डिस्प्ले राखिने योजना महानगर पालिकाले डेढमहिना अगाडीको बैठकले निर्णय गरेको अनुसार अगाडी बढ्ने छ ।”  

Loading...