क्रिकेट अस्ट्रेलियाको ‘दशक एकदिवसीय टिम’मा धोनी कप्तान

काठमाण्डौँ १० पुस । अस्ट्रेलियाली क्रिकेट संघले एक दशकको एकदिवसीय टिम सावर्जनिक गरेको छ । क्रिकेट अस्ट्रेलियाले मंगलबार ११ सदस्यीय टिम सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको टिमको कप्तानमा भारतीय पूर्वकप्तान तथा विकेटकिपर महेन्द्र सिंह धोनी चुनिएका छन् । सार्वजनिक टिममा भारतबाट धोनीसहित विराट कोहली र रोहित शर्मा पनि परेका छन् ।

‘पछिल्लो समय धोनीको ब्याट रोकिएको छ । तर एक दशकसम्म भारतीय टिमको स्वर्ण युगमा उनको हस्तक्षेपकारी भूमिका रह्यो’, धोनीलाई कप्तान चुनेपछि क्रिकेट अस्ट्रेलियाले भनेको छ, ‘सन् २०११ मा घरमै भएको एकदिवसीय विश्वकपको ट्रफी आफ्नै देशमा राख्न उनको फिनिसरको भूमिका सराहनीय थियो ।’

क्रिकेट अस्ट्रेलियाको एक दशकको एकदिवसीय टिममा रोहित शर्मा भारत, हाशिम आमला दक्षिण अफ्रिका, विराट कोहली भारत, एबीडी भिलियर्स दक्षिण अफ्रिका, शाकिब अल हसन बंगलादेश जोस बटलर इंग्ल्याण्ड, महेन्द्र सिंह धोनी भारत, राशिद खान अफगानिस्तान, मिचेल स्टार्क अस्ट्रेलिया, ट्रेन्ट बोल्ट न्युजिल्याण्ड, लासिथ मालिंगाश्रीलंका ले टिममा स्थान बनाएका छन् ।

त्यस्तै क्रिकेट अस्ट्रेलियाको दशकको टेष्ट क्रिकेट टिमको कप्तानमा भने भारतीय कप्तान विराट कोहली चुनिएका छन् । टेस्ट क्रिकेट टिम एलिस्टर कुक, डेभिड वार्नर, केन विलियमसन, स्टिभ स्मिथ, विराट कोहली कप्तान, एबीडी भिलियर्स, बेन स्टोक्स, डेल स्टेन, नाथन लायन र जेम्स एडरसन ।

Loading...