बीबीएलुमा सन्दीपले लिए एक विकेट, मेलबर्नको लगातार दोस्रो जित

काठमाण्डौँ, ६ पुस । अस्ट्रेलियाको घरेलु क्रिकेट लिग ुबिग बाशु मा सन्दीप लामिछाने राम्रो बलिङ गरेका छन् । होबार्ट हुरिकेन्सविरुद्ध आइतबारको खेलमा सन्दीपले महत्वपूर्ण एक विकेट लिए । तीन ओभर बलिङ गरेका सन्दीपले १८ रन दिँदै एक विकेट हात पारे ।

प्रतियोगितामा मेलबर्न स्टार्सले लगातार दोस्रो जित निकालेको छ । टस जितेर पहिले ब्याटिङ गरेको मेलबर्नले २० ओभरमा चार विकेट गुमाउँदै १ सय ६३ रन बनायो । मेलबर्नका मार्कस स्टोइनिसले अविजित ८१ रन बनाए । जवाफमा १ सय ६४ रनको लक्ष्य पछ्याएर मैदानमा उत्रिएको हुरिकेन्स १५ ओभर ५ बलमा १ सय ११ रनमा अलआउट भयो ।

उसका दुई जना खेलाडीले मात्र दोहोरो अंक जोड्न सके । जसमा कालेब जेवेलले २५ रन बनाए, उनलाई सन्दीप लामिछानेले आउट गरे । टिमको सातौँ तथा व्यक्तिगत पहिलो ओभरमा सन्दीपले पहिलो र दोस्रो बल डट फालेका थिए । तेस्रो बलमा एक रन दिएका उनले चौथो बल वाइड गरे । त्यसपछि उनले अर्को बलमा एक रन दिए । पाँचौ बल पनि डट फालेका उनले अन्तिम बलमा एक रन खर्चिए ।

दोस्रो ओभरमा उनले दुई रन दिएर एक विकेट लिए । टिमको नवौँ तथा व्यक्तिगत दोस्रो ओभर लिएर आएका सन्दीपले पहिलो बल डट फालेका थिए । तर दोस्रो बलमा उनले विकेट लिन सफल भए । जेवेललाई उनले २५ रनमा पेभेलियन फर्काए । त्यसपछि तेस्रो बल डट फालेका सन्दीपले चौथो बलमा एक रन दिए । सन्दीपले पाँचौँ बलमा एक रन दिए भने छैटौँ बल डट फाले ।

तेस्रो ओभरमा सन्दीपले १४ रन खर्चिए । टिमको १४ औँ ओभर लिएर आएका सन्दीपले पहिलो बलमा लेगबाइमा एक रन दिए । दोस्रो बलमा पनि एक रन खर्चिएका उनले तेस्रो बलमा ओभर थ्रोका कारण ५ रन खान पुगे । त्यसपछि चौथो बल डट फालेका सन्दीपले पाँचौँ बलमा एक रन दिए भने अन्तिम बलमा छक्का खाए । होबार्टको पारी कमजोर पार्न ह्यारिस रउफले ५ विकेट लिए ।

Loading...