प्रमुख प्रशासकीय अधिकृत माथि आक्रमण

पश्चिम रुकुम, ३ पुस । रुकुम पश्चिमको आठविसकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीमाथि आक्रमण भएको छ । बुधवार साँझ कार्यालयको काम सकेर निवास तर्फ फर्कदै गर्दा राडी बजार नजिक उनी आक्रमणमा परेका हुन् ।

उनलाई आठविसकोट नगरपालिकाकै वडा नम्बर ३ का वडाध्यक्ष केसरमान बिकका भाइ गोपालमान बिकले आक्रमण गरेको बताइएको छ । केसीको टाउकोमा गम्भीर चोट लागेको छ । उनको टाउकोमा ४ वटा तानका लगाउनुपरेको छ भने थप उपचारको लागि सदरमुकामस्थित अस्पताल लैजाने तयारी रहेको बताइएको छ ।प्रमुख प्रशासकीय अधिकृत संगै सूचना प्रविधि अधिकृत गणेश चन्दमाथि पनि कुटपिट भएको र उनको अवस्था भने सामान्य भएको बताइएको छ ।

वडा नम्बर ३ का वडाध्यक्ष केसरमान बिकका भाइ नै आक्रमणमा संलग्न भएको भनिएपछि प्रहरीले वडाध्यक्ष विकलाई नियन्त्रणमा लिएको छ । उनलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत माथि नै आक्रमण भएपछी नगरपालिकाका कर्मचारी आतंकित भएका छन् । उनीहरुले एक बिज्ञप्ती जारी गरी वडाध्यक्ष विककै योजनामा आक्रमण भएकोले दोषीलाई कारवाही नभएसम्म कामकाज ठप्प पार्ने जनाएका छन् । आठविसकोट नगरपालिकाले पनि विज्ञप्ती जारी गर्दै घटनाको निन्दा गर्नुका साथै दोषीलाई कारवाहीको माग गरेको छ ।

Loading...