सुजैनसँगको सम्बन्धविच्छेद बारे यस्तो रहस्य खोले ऋतिकले

एजेन्सी बलिउडका एक्सन स्टार ऋतिक रोशन एक चर्चित अभिनेता हुन् । धेरैजसो आफ्नो नयाँ फिल्मका कारण चर्चामा आइरहने उनी बलिउडका सफल कलाकारमा गनिन्छन् । अहिले सुजैन खानसँग सम्बन्ध तोडेर एक्लो जीवन जिइरहेका ऋतिक पछिल्लो समय पूर्वपत्नी सुजैन खानकै कुरा गर्न थालेका छन् ।

उनीहरुको सम्बन्धविच्छेद भएपनि सम्बन्ध भने राम्रै छ । उनी कहिलेकाही आफ्ना छोरासंग पनि देखिएका हुन्छ । छोरासँग पनि बेलाबेलामा रमाइरहेको देखिने गरिएको छ । यसै बिषयलाई लिएर हालै ऋतिक रोशनले एक अन्तवर्ता दिएका छन् ।

उनले अन्तवार्तामा भनेका छन् ‘यो एउटा अत्यन्त राम्रो सम्बन्ध हो, हामी पहिले पतिपत्नी थियौँ, अहिले साथी बनेका छौँ, यो पनि समझदारीमा नै भएको हो ।’ उनले उक्त अन्तवार्तामा आफुले प्रेम गरेको मानिसलाई कहिले पनि हेला गर्न नसकिने बताएका छन् । उनले अन्तवार्तामा आफुहरु अहिले राम्रो साथि भएको बताएका छन् ।

Loading...