बक्सिङ संघले साग स्वर्ण बिजेतालाइ गरे नगद सहित सम्मान (भिडियो सहित)

पुस १,काठमाडौँ । १३ औं दक्षिण एशियाली खेलकुद(साग) का बक्सिङ खेलमा पदक विजेता खेलाडीलाई नेपाल बक्सिङ संघले सम्मान गरेको छ ।
सोमबार नेपाल बक्सिङ संघले ‘बक्सिङ खेलाडी सम्मान र विदाई’ कार्यक्रम गर्दै सागमा स्वर्ण विजेता मिनु गुरुङ, भुपेन्द्र थापामगर र सनिल शाहीलगायत अरु सहभागी खेलाडीलाई एकै साथ् राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवालका साथै अन्य पदाधिकरीहरुले सम्मान गरेको छ ।
नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेले स्वर्ण बिजेता खेलाडी तिनै जनालाइ जनही एकलाख ५० सहजार रुपियाँ र संघका संस्थापक अध्यक्ष विष्णुगोपाल श्रेष्ठले जनही पचासहजार रुपियाँ सम्मान स्वरुप स्वर्ण विजेता खेलाडीलाई प्रदान गर्नुभयो ।
यसै बीच चीनमा आयोजना हुन गइरहेको एसियाली ग्रायण्ड स्लाम बक्सिङ प्रतियोगितामा भाग लिन जाने साग खेलकुदमा स्वर्ण विजेताद्वय मिनु गुरुङ र भुपेन्द्र थापामगरसहितको टोलीलाई विदाइ गर्नुभयो । 


कार्येक्रममा परिषदका सदस्य सचिव सिलवालले बक्सिङ खेलमा फियर हुने भएको भए नेपालले यस पटकको सागमा छ वटा स्वर्ण जित्ने पक्का रहेको दाबी गर्नुभयो ।
सदस्य सचिव सिलवालले अबहुने १४ औं सागमा ७५ वटा स्वर्ण जित्ने लक्ष्य लिएर खेलकुद क्षेत्रलाई गुणात्मक सुधार गर्दै व्यवस्थित गरेर अगाडि बढ्ने बताउँदै सम्पूर्ण खेलाडीलाई तैयारी प्रशिक्षणमा लाग्न निर्देशन पनि दिनुभयो ।
उहाले अब राष्ट्रिय तथा अन्र्तराष्ट्रिय आउँदो खेलकुद प्रतियोगितामा भाग लिन खेलाडी दर्ता अनिवार्य बनाउनु पर्ने बताउनुभयो ।

Loading...