नेपाल मानव अधिकार संगठन भक्तपुर शाखाद्वारा रक्तदान कार्यक्रम सम्पन्न

भक्तपुर, २९ मङ्सिर । ७१औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर नेपाल मानवअधिकार संगठन जिल्ला शाखा भक्तपुरले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । शनिवार रक्तदान कार्यक्रम गरिएको हो ।कमलविनायक स्थित सरस्वती बिद्यागृह माविको प्राङ्गणमा सम्पन्न भएको खुला रक्तदान कार्यक्रममा छब्बीस जनाले रक्तदान गरेका नेपाल मानवअधिकार संगठन जिल्ला शाखा भक्तपुरका सभापति रामकृष्ण मानन्धरले बताए । उनले बताए अनुसार रक्तदानमा २ महिला र २४ पुरुष सहभागी भएका थिए ।

रक्तदान जीवन दान भएकोले रक्तदान गर्न आउदा आफूलाई सन्तोष प्रात भएको रक्तदानमा सहभागी एक युवक रिवेक मानन्धरले प्रतिक्रिया दिएका छन् । रक्तदानमा अधिकांश युवाहरु सहभागी भएका थिए । रक्तदानमा सहभागी सबैलाई नेपाल मानवअधिकार संगठन जिल्ला शाखा भक्तपुरले धन्यवाद ज्ञापन गर्नुका साथै प्रशंसा पत्र समेत प्रदान गरेको थियो ।

Loading...