हिमालि भागमा भारी हिमपात कारण काठमाडौँमा अत्याधिक जाडो जनजीवन प्रभावित

काठमाडौं, २६ मंसिर । काठमाडौँमा चिसो बढेसँगै उच्च हिमाली भागमा भारी हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले बुधबार बिहान तीनदिने मौसमी विश्लेषण सार्वजनिक गर्दै देशको हिमाली भागमा भारी हिमपात हुने जनाएको हो । मौसमविदहरूले पश्चिमी उच्च पहाडी हिमाली भू–भागसँगै मध्य तथा पूर्वी उच्च पहाडी तथा हिमाली भागमा ३ दिन भारी हिमपात हुने सम्भावना रहेको बताएका छन् । मौसमविदहरुले हिमपातबाट हिमाली क्षेत्रको जनजीवन प्रभावित हुने भएकाले सतर्क रहन भनेका छन् ।

विभागले आगामी २४ घण्टाका लागि चेतावनी र परामर्श जारी गर्दै भनेको छ । ‘पश्चिमी उच्च पहाडी तथा हिमाली भू–भागहरुका केही स्थानहरूमा भारी र मध्य तथा पूर्वी उच्च पहाडी तथा हिमाली भू–भागका एकरदुई स्थानमा हल्कादेखि मध्यम हिमपात हुने हुँदा पश्चिमी उच्च पहाडी तथा हिमाली भू–भागका स्थानहरूमा सतर्कता अपनाउनु हुन अनुरोध गरिन्छ ।’

काठमाडौको आकासमा केही दिन देखी बादल देखिएको छ भने पश्चिम भू–भागसँगै मध्य र पूर्वी पहाडी भूभागका एक दुई स्थानमा दिउँसो र राति हल्का वर्षाको सम्भावना रहेको विभागको अनुमान छ ।

Loading...