नयाँ सभामुखको छलफल: नेम्वाङ वा सापकोटा

भक्तपुर, २६ मङ्सिर । नेपाल कम्युनिस्ट पार्टीमा सभामुख कसलाई बनाउने विषयको छलफल अब दुई जनामा सिमित भएको छ । नेकपाका सचिवालय सदस्यका अनुसार सुवास नेम्वाङ र अग्नि सापकोटामध्ये एकजना सभामुख हुने लगभग निश्चित भएको छ । एक दुई दिनमै बस्ने सचिवालय बैठकमा नयाँ सभामुखको विषयमा नेताहरुबीच छलफल हुने स्थायी कमिटीको बैठकका कार्यसूची तय गरेको छ । सोहि बैठक दुई अध्यक्षले नेम्वाङ वा सापकोटाका नाममा सहमति जुटाएर प्रस्ताव बैठकमा ल्याउने ती सदस्यले बताए ।

यसअघि नेकपाभित्र सभामुखका लागि नेम्वाङ र सापकोटा बाहेक उपसभामुख शिवमाया तुम्बाहाम्फे, प्रमुख सचेतक देव गुरुङलगायतका नेताको पनि बलियो दाबी थियो । तुम्बाहाम्फेले अझै पनि आफू सभामुख हुने निश्चित नभइ राजिनामा नदिने बताइरहेकी छन् । नेकपा स्रोतका अनुसार तुम्बाहाम्फेलाई राजिनामा गराएर मन्त्री बनाउने तयारी यसअघि पनि थियो । राष्ट्रपति विद्या भण्डारी निकट तुम्बाहाम्फेले महिला सांसदहरु र नेकपाकै केही नेताहरुमार्फत आफ्नो पक्षमा निर्णय गराउन नेतृत्वमाथि दबाब सिर्जना गरिरहेकी छन् ।

नेम्वाङले सभामुख बन्नेबारे मुख खोलेका छैनन् । उनी र तुम्बाहाम्फे नातेदार पनि हुन् । उनलाई प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले केही नबोल्न भनेका छन् । ओली नेम्वाङलाई सभामुख बनाउनका लागि प्रचण्डलाई मनाउने प्रयासमा छन् ।

Loading...