सागमा स्वर्ण जित्ने खेलाडीलाई जनही ९ लाख दिइने, ४ स्वर्ण जित्ने गाैरिकालाई ११ लाख

काठमाडौं, २५ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले १३ औं दक्षिण एसीयाली खेलकुद (साग)मा स्वर्ण पदक जित्ने खेलाडीलाई ९ लाख रुपैंया पुरस्कारको घोषणा गरेका छन् ।

एक भन्दा बढी स्वर्ण जित्नेलाई भने ११ लाख रुपैंया दिने प्रधानमन्त्रीले घोषणा गरेका छन् । यस हिसाबले गौरिकाले ११ लाख रुपैंया पाउने भएकी छन् ।

यस्तै सरकारका तर्फबाट रजत पदक जित्नेलाई ६ लाख र कास्य पदक जित्नेलाई तीन लाख रुपैंया पुरस्कार दिने प्रधानमन्त्री ओलीले घोषणा गरेका छन् ।

बुधबार सागका बिजेता खेलाडीलाई सरकारी निवास बालुवाटारमा प्रधानमन्त्रीले निम्तो दिएका थिए ।

Loading...