संसारकै अनौठो ठाउँ, जहाँ होचा–पुड्का मानिस मात्र

एजेन्सी – बिश्वका धेरै देशहरुमा अनौठा मानिसहरु बस्ने गर्छन् । त्यस्तै चीनको एक गाउँमा पनि हामिलाई पत्यारै नलाग्ने मानिसहरु बस्छन् । चीनको याङ्सी नाम गरेको गाउँमा होचा–पुड्का मानिसहरुमा मात्र बस्ने गर्छन् । पहाडले घेरिएको उक्त अनौठो गाउँमा सबै होचा–पुड्का मानिसहरुमा मात्र बस्ने गर्छन् ।

त्यहाँका ४० प्रतिशत भन्दा बढी मानिस ज्यादै होचा र पुड्का छन् । उक्त अनौठो गाउँमा बस्ने मानिसहरुको उचाइ बढीमा ३ फिट १० इन्च हुन्छ । होचा मानिस मात्र बस्ने उक्त गाउँको अहिले धेरैलाई चासो बढेको छ ।

वैज्ञानिकहरूले सन् १९९७ मा गरिएको एक अनुसन्धानमा गाउँमा भएको माटोमा पारोको मात्रा उच्च पाइएको थियो । उक्त माटोलाई होचोपनको कारण मानेका थिए । उक्त अनौठो गाउँ सन् १९५१ मा पत्ता लागेको थियो ।

Loading...