नेकपामाथि कांग्रेसको कडा जवाफः ‘लालझण्डा सदैव माथि हुँदैन, बर्लिनको पर्खाल ढलेको थाहा होस्’

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसका तर्फबाट धरान उपमहानगरपालिकाको उपनिर्वाचनमा कांग्रेस उम्मेदवार तिलक राईलाई जीतको बधाइ दिएका छन् ।

अन्तिम मत परिणाम नआए पनि तिलक जीत नजिक पुगेका छन् । नेकपाका उम्मेदवार प्रकाश राईभन्दा भन्दा उनी २५ सय भन्दा धेरै मतले अगाडि रहेका छन् । वामपन्थीको किल्लाको रुपमा रहेको धरान परिवर्तनको पक्षमा उभिएको शर्माको भनाइ छ ।

वामपन्थीहरुले धरानमा सधैं लालझण्डा हुन्छ भन्ने सोचेको तर सबैभन्दा माथि जनताको मत हुन्छ भन्ने विर्सिएको उनको भनाइ छ । वामपन्थीहरुले बर्लिनको पर्खालझैं धरानमा आफ्नो लहर ढलेको थाहा नपाएको उनको भनाइ छ ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्, ’कसैले भने `पश्चिम् बंगाल´हो धरान । लालझण्डा यहाँ सदैब माथी रहन्छ । बिर्सिए सबै भन्दा माथी जनताको मत रहन्छ । तिनलाई पत्तै भएन पश्चिम् बंगालको राज अलिअघि स्वयं ढलिसकेको थियो बर्लिनको पर्खालझैं !

आज भानु चोकमा उभिएर धरानले भन्यो म परिवर्तनको पक्षमा उभिन्छु । विन्रम बधाई धरानलाई ।’

यस्तो छ कांग्रेस प्रवक्ताको कडा ट्वीटर प्रहार

 

Loading...