भण्डारी र बालकृष्णले गरे ज्ञानेन्द्र शाहीलाइ निष्कासनको कारवाही, ज्ञानेन्द्र शाहीद्वारा फेरि प्रतिवाद

काठमाडौँ, १२ मंसिर । नेपालका लागि नेपाली अभियानले उक्त समूहमा रेहर चर्चा बुटुलेका ज्ञानेन्द्र शाहीलाई निस्कासन गरेको छ । बुधबार बसेको आकस्मिक बैठकले शाहीलाई निस्कासन गर्ने निर्णय गरेको हो ।

नेपालका लागि नेपाली अभियानमा ज्ञानेन्द्र शाहीको अब कुनै भूमिका र जिम्मेबारी नरहने उक्त समूहले विज्ञप्ति जारी गरेर भनेको छ। भ्रष्टाचार विरोधी अभियान्ताको नामबाट आफूलाई चिनाएका ज्ञानेन्द्र शाही पछिल्लो पटक नेपालगञ्ज विमानस्थलमा मन्त्री योगेश भट्टराईलाई थर्काएपछि थप चर्चामा आएका थिए ।

यता अभियानबाट निस्काषण गरिएका शाहीले बालकृष्ण न्यौपाने र सुरेन्द्र भण्डारीले मात्र आफूलाइृ कारवाही गर्न नसक्ने भन्दै त्यसको प्रतिवाद गरेका छन । शाहीले कानुनी रुपमा यो अभियान आफ्नै नाममा दर्ता रहेको पनि खुलासा गरेका छन । त्यसैगरी ज्ञानेन्द्र शाहीले बालकृष्ण न्यौपाने र सुरेन्द्र भण्डारीले संगठनमा राजतन्त्र फर्काउने प्रस्ताव औपचारिक रुपमै राखेको आरोप पनि लगाएका छन । आफूले यो अभियानलाइ भ्रष्टाचार कुशासन अन्याय अत्याचारका विरुद्धमा मात्र लगाउने मत राखेको तर उनीहरुले राजतन्त्र पुनर्स्थापनाका पक्षमा लगाउन जोडबल गरेको उनले खुलासा गरेका छन् ।

Loading...