आमाको इच्छा पुरा गर्न बिवाहमा हेलिकोप्टर चार्टड

काठमाडौँ १० मंसिर । आमाको इच्छा पुरा गर्न एक युवकले आफ्नो बिवाहमा हेलिकोप्टर चार्टड गरेका छन् । यहाँ एक यस्तो छोराको कुरा गरिएको छ । जसले आफ्नी आमाको इच्छा पुरा गर्न दुलही लिनका लागि हेलिकोप्टर चार्टड गरेका छन् ।

यो घटना भारतको राजस्थान स्थित हनुमानगढको हो । त्यहाँ एक दूलाहाले आफ्नो आमाको इच्छा पुरा गर्नका लागि हेलिकोप्टर चार्टड गरी दुलही लिन गएका छन् । उनको गाउँलेले बाजागाजा सहित हेलिकोप्टरको बिदाई गरेका छन् ।

म्यूजिक कम्पनीको मालिक रहेका केवी ढिल्लोंले आफ्नी आमाको इच्छा पुरा गर्न आफ्नो विवाहमा हेलिकोप्टर नै चार्टड गरेका हुन् । उनले हेलिकोप्टर चार्टड गर्ने कुरा भने उनकी हुनेवाली दुलहीलाई बताएका थिएनन् ।

उनले आफ्नो दुलही तथा ससुराली पक्षलाई नै अचम्ममा पारेका छन् । हेलिकोप्टर देखेपछि त्यसलाई हेर्नका लागि उनको विवाह समारोहमा आएका मानिसहरू निकै भिड लागेको थियो ।

Loading...