भैरव स्मृति सम्मान २०७५ द्वारा हास्यव्यङ्ग्यकार माणिकरत्न शाक्य सम्मानित

भैरव स्मृति सम्मान २०७५ द्वारा हास्यव्यङ्ग्यकार माणिकरत्न शाक्य सम्मानित भएका छन् । साहित्य सङ्गम मकवानपुर र सिस्नुपानी नेपाल मकवानपुरकाे संयुक्त आयोजनामा भैरव स्मृति सम्मान २०७५ हास्यव्यङ्ग्यकार माणिकरत्न शाक्यलाई प्रदान गरिएको छ ।

३ नम्बर प्रदेशको राजधानी हेटौंडामा आयोजित एक समारोह बीच प्रमुख अतिथि गोविन्दराज विनोदीले शनिवार हास्यव्यङ्ग्यकार शाक्यलाई एक्काईस हजार एक सय एघार रुपैयाँ राशि सहितको सम्मान पत्रले सम्मानित गरेका छन् ।

उक्त कार्यक्रममा आर सी रिजाल र राजकुमार लामिछानेले संयुक्त रूपमा प्रस्तुत गर्नुभएको हास्यव्यङ्ग्य प्रहसनलाई दर्शकहरूले निकै रुचाएका थिए । समारोहमा डम्बर घिमिरे,माधव भण्डारी, सानुभाइ विश्वकर्मा, चिरञ्जीवी लामिछाने, मीनप्रसाद लामिछाने लगायतका कविहरूले समसामयिक विषयका हास्यव्यङ्ग्य कविता प्रस्तुत गरेका थिए । कार्यक्रम डा.गणेश कुमार पौडेलको सभापतित्वमा सम्पन्न भएको थियो ।

Loading...