अढाई लाखलाई दादुरा, ५००० हजार बढि ले गुमाए ज्यान

काठमाडौं ६ मंसिर। अफ्रिकी राष्ट्र कङ्गोका अढाई लाख मानिसमा दादुराको संक्रमण देखा परेको छ भने ५ हजारले ज्यान गुमाइसकेका छन् । विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् २०१९ मा मात्र अढाई लाख मानिसमा दादुराको संक्रमण देखा परेको छ । जसमा ५ हजार मानिसले ज्यान गुमाइसकेका छन् ।

केही समयअघि इबोलाको चपेटामा परेको कङ्गो यसबर्ष दादुराको चपेटामा परेको छ । इबोलाबाट ज्यान गुमाउनेभन्दा दुई गुना बढीले दादुराबाट ज्यान गुमाइसकेका छन् । गत सेप्टेम्बरमा कङ्गो सरकार र विश्व स्वास्थ्य सङ्गठनले ८ हजार बालबालिकालाई दादुराबिरद्धको आपतकालिन खोप कार्यक्रम सञ्चालन गरेका थिए ।

तर स्वास्थ्य केन्द्रमाथी गरिने आक्रमण र नियमित स्वास्थ्य सेवाको पहुँच नभएका कारण दादुराबाट ५ हजारले ज्यान गुमाएको बिबिसीले जनाएको छ । अहिलेसम्म ४० लाख बालबालिकालाई खोप लगाइसकिएको छ। पर्याप्त खोप उपलब्ध नभएका कारण आधाबन्दा बढी बालबालिका खोपबाट अझै बन्चित भएका छन् ।

Loading...