लोकसेवा तयारी गर्नेहरु नपढेर भन्दा पनि पढ्न नजानेर असफल हुन्छन् लोकसेवा पास गर्ने ५ टिप्सहरु

काठमाडौं । नेपालमा अहिले लोकसेवाको तयारी गर्ने हरुको संख्या ठुलो रहेको छ । विभिन्न तहमा लोकसेवाले ठुलो संख्यामा विज्ञाजन खुलाउने तयारी गरेको छ । सरकारी जागिर खाने सपना बोकेर पढ्नेहरु नपढेर भन्दा पनि पढ्न नजानेर असफल भइरहेको जानकारहरु बताउँछन् । त्यसैले लोकसेवाको तयारी गर्दा सही तरिका अपनाएर अध्ययन गर्नु पर्छ ।

१ पढ्दा कुनै एउटा पाठ्य सामाग्रीको मात्रै भर नपर्ने । बजारमा गुणस्तरिय भन्दा पनि प्रचारमुखी सामाग्री बढि पाईन्छन् । त्यसैले पाठ्य सामाग्री चयन गर्दा सम्पुर्ण पाठ्यक्रमलाई समेटेका गुणस्तरीय सामाग्री चयन गर्नुपर्छ ।

२ सम्भव भएसम्म आफूलाई सहज लाग्ने सूत्रको निर्माण गरी अध्ययन गर्ने गर्नुपर्दछ । यसले उत्तर सम्झन सहज हुन्छ र कम समयमा धेरै कुराको जानकारी प्राप्त गर्न सकिन्छ । कुनै एउटा बिषयको मात्र जानकारी भएर पुग्दैन, सो जानकारीका विविध आयामहरू केलाउँदै शुक्ष्म अध्ययनलाई जोड दिनु जरुरी हुन्छ ।

३ एउटा मात्र बिषयलाई बढी जोड दिने गर्नु हुँदैन । खरिदार र सुब्बाको तयारी गर्ने हरुले सुचनात्मक तरिकाले उत्तर दिनु पर्छ भने शाखा अधिकृतको तयारी गर्ने हरुले विश्लेषणमा बढी ध्यान दिनुपर्छ ।

४ किताब मात्र पढेर लोकसेवा कहिलै पास गर्न सकिदैन । यसका लागि बाहिरी कुराको ज्ञान हुनु आवश्यक हुन्छ । देश बिदेशमा भैरहेका समसामायीक घटनाको जानकारी राख्ने , दैनिक रुपमा पत्रपत्रीकाको अध्ययन गर्ने गर्नु पर्दछ ।

५ संविधान तथा आफ्नो विषयसँग सम्बन्धित ऐन, नियम, नीति तथा निर्देशिका निरन्तर अध्ययन गर्ने । आफ्नो शीर्षकसँग मिल्ने विषय विज्ञहरुको लेख रचना तथा अध्ययन अनुसन्धानबाट देखिएका तथ्य तथ्याङ्कहरु, प्रतिवेदनहरुले गरेका सिफारिसहरुको अध्ययन गर्ने ।

त्यसका राम्रा बुँदाहरु टिपोट गर्ने र आफूले बुझ्ने तरिकाबाट नोट बनाउने र मिल्ने शीर्षकसँग आन्तरीकीकरण गर्दै शीर्षकमाथिको अवधारणागत स्पस्टता कायम गर्ने। पढेका कुलालाई लेख्ने बानी बसाल्नु पर्छ ।

Loading...