बर्षको एक करोड दुई लाख रुपैयाँ तलब मात्र

नेपालका बाणिज्य बैंकहरु मध्ये एक मात्र महिला प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले बर्षको एक करोड दुई लाख रुपैयाँ तलब पाउँदछिन् । बैंकले गत आर्थिक वर्षमा उनलाई तलब बाहेक ८ लाख ५० हजार रुपैयाँ दशैँ भत्ता र तीन लाख ९३ हजार रुपैयाँको इन्धन समेत उपलब्ध गराएको छ।

यसको अर्थ हो नेपालमा महिलाको क्षमता पुरुषको तुलनामा कम छैन भन्ने भन्ने कुराको प्रमाण हो प्रमुख कार्यकारीको रुपमा उनलाई बैंकले गाडी सुविधा, चालक, मोबाइल खर्च, बीमा र ऐन बमोजिमको बोनस पनि दिएको छ । यो सुविधा बैंकका अन्य उच्च व्यवस्थापन तथा प्रवन्धकहरुले पनि पाउँछन्।

गत आर्थिक वर्षमा एक अर्ब ६२ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो। कर्मचारीहरुका लागि तलब, बोनस तथा अन्य सुविधाका लागि मात्रै बैंकले एक अर्ब १५ करोड रुपैयाँ खर्च गरेको छ।

सञ्चालक समितिले बैठक भत्ता ४२ लाख ७५ हजार रुपैयाँ प्राप्त गरेका छन्। उनीहरुले यस बाहेक मोबाइल तथा पत्रपत्रिकाको लागि ५ लाख ९५ हजार रुपैयाँ पाउछन्। स्मरण रहोस बैंक भनेको पैसाको पसल हो यहाँ व्यापक रुपमा कमाउने काम हुन्छ । एक प्रकारले सम्पुर्ण जनताको क्षमताबाट नाफा खाने संस्था बैंक हो ।

Loading...