चर्चित अभिनेत्री आँचल शर्माले फागुनमा लगनगाँठो कस्दै

काठमाडौं ५ मंसिर। नेपाली चर्चित मोडल तथा नायिका आँचल शर्माको विवाहबारेमा हिजोआज सामाजिक सञ्जालमा निकै चर्चा देखिन्छ । अभिनेत्री आँचलले केही समय पहिले आफू डा उदिप श्रेष्ठ सँग गहिरो प्रेममा रहेको खुलाएकी थिइन् ।

करिब १ बर्षअघि एक कार्यक्रममा भेटपछि नजिकिएका नायिका आँचल शर्मा र डा उदिप श्रेष्ठको प्रेम अहिले गहिरो छ । एक वर्ष देखिको चिनजान र प्रेमलाई यी दुवैले अब विवाहमा परिणत गर्देछन् ।

नायिका आँचलले हालै एक मिडियामा आगामी फागुनमा बिहे गर्ने फाइनल भएको बताएकी छिन् । आगामी फागुनमा बिबाह गर्ने तयारीमा भए पनि कुन दिन बिबाह गर्ने भन्ने टुङगो नभएको उनले बताएकी छिन् । आंचलले उदिपको आगमनले आफ्नो जीवनमा सर्वाधिक खुशीको पल रहेको बताएकी छिन् । आँचलले जोनी जेन्टलम्यान, नाइ नभन्नु ल ४, सत्रु गते, ब्ल्याक लगायतका चलचित्रमा अभिनय गरिसकेकी छिन् ।

Loading...