बल्खुसुकुम्बासी बस्तीमा भिषण आगलागी, ६० घरटहरा नष्ट

 

आश्विन १५ ,काठमाडौँ/   गएराती काठमाडौँको बल्खु फल्फुल्बजर नाजिकैरहेको सुकुम्बासी बस्तीमा आगलागीहुदा ६० धर टहरा पूर्णरुपमा नस्ट भएका छन् ।

बागमती नदि किनारमा रहेका ४५० भन्दा बादी रहेको टहरा मध्येमा धामी झाक्री गर्दै आइरहेका मान बहादुर बि.क को घरबात राति ११बजे बाट सल्केको प्रताक्षी दर्शीहरुले बताउछन । बिक र श्रीमती रहेको उक्त टहरामा पुजाका लागि बालेको दियो बात आगो सल्केको स्थानीय बासि बताउछन् । एक पीडितले दुखेसो पुख्दै भने ” खाना खाई हामि सुतिसकेको थियौ अचानक होहल्ला मचियो र बाहिर निस्किदा छेउमा आगो दन्किसकेको रहेछ । ज्यान बचाउन भागें , टहरा खरानी भयो, लत्ताकपडा ,नगद ,खाद्यान्न केहि छैन सब स्वाहा भो ”

निकै अब्येबस्थित रुपमा रहेका सो बस्तिमा रहेको चर्ज समेत पूर्ण रुपमा जलेर नस्ट भएको छ । पूर्ण क्षतिको विवरण आइनसकेको प्रहरी , समाजका अगुवाहरुको भनाइ रहेको छ ।

काठमाडौँ जुद्द बारुण येंत्रले नजिकैको जनसेवा प्रहरी वृत्तले सुचना दिए लगत्तै ११ बजे निस्केको र पाचै मिनेटमा घटना स्थलमा पुगेको बताएको छ । अत्येन्तै सागुरा बात , निकै अब्येबस्थित रहेको तीनका टहरा भएका र प्रत्येक घरमा ग्यास रहेको कारण निकै जोखिम मोलिकन दुइ वटा दमकलमा १४ जनाको टोलीले अन्य पाटन ललितपुर ,भक्तपुर ,नेपाली सेना , नेपाल प्रहरी , निजि ट्यांकर र स्थानियका साथ राति दुइ बजे आगो नियेंत्रणमा आएको काठमाडौँ जुद्द बारुण येन्त्रका कमान्डर गगन गुरुङले बताएको छ । राति लागेको आगोका कारण लगातार ग्यासका सिलिन्डर आगोका मुस्लोका साथ पद्किरहदा नजिकै रहेका अन्य बस्ति रातभर त्राशपूर्ण रहेको प्रतक्षदर्शिहरुले बताए ।

Loading...