कैदीबन्दीलाई शैक्षिक सामग्री सहयोग

बाजुरा, २ मङ्सिर, । जिल्ला कारागारमा रहेका कैदीबन्दीलाई समरजित गुल्मको समन्वय र बडिमालिका नगरपालिकाको सहयोगमा शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ ।  समरजित गुल्म थापाथली ब्यारेकले आइतबार कारागार परिसरमा एक कार्यक्रमको गरी कैदीबन्दीलाई कापी, कलम, मार्कर र ह्वाइटबोर्डलगायतका शैक्षिक सामग्री सहयोग गरिएको गुल्मपति रविन श्रेष्ठले बताए।

कारागारभित्र रहेका अनपढ तथा अक्षर चिन्न र जान्न नसक्नेका लागि निरक्षर बनाउन कैदीबन्दीलाई साक्षर बनाउनका लागि शैक्षिक सामाग्री सहयोग गरिएको श्रेष्ठले बताए । नेपाली सेनाले दिएको शैक्षिक सामग्रीले कैदीबन्दीलाई साक्षर बन्न ठूलो सहयोग पुग्ने कारागारका जेलर शेरबहादुर तिरुवाको भनाइ रहेको छ ।

एकीकृत घुम्ती शिविर सञ्चालन

राज्यका प्रशासनिक सेवा सहज गर्न जिल्लाको जगन्नाथ गाउँपालिकामा आइतबार एकीकृत घुम्ती शिविर सञ्चालन गरिएको छ । जगन्नाथ गाउँपालिकाको आयोजना र जिल्ला प्रशासन कार्यालय बाजुराको समन्वयमा शिविर सञ्चालन गरिएको हो । शिविरको पहिलो दिन स्वास्थ्य परीक्षण, अपाग परिचयपत्र वितरण र नागरिकता वितरण कार्य गरिएको छ ।

जसमा नागरिकता वितरण १०९, स्वास्थ्य परीक्षण २८१, ल्याब टेष्ट १६, अपाङ्गता परिचयपत्रका लागि निवेदन सङ्कलन ५१ र भिडियो एक्सरे ५७ जनाले गराएका छन् । शिविरमा सेवा ग्राहीको उल्लेख्य सहभागिता रहेको थियो । शिविर गाउँपालिकाको केन्द्र जुड्डीमा सञ्चालन गरिएको रोजगार संयोजक लक्ष्मण जोशीले जानकारी दिए ।

Loading...