‘हेर मोदी, यो हो नेपालको नक्सा’ लेखेको ब्यानर देखाउने विद्यार्थीमाथि प्रहरीको चर्को दमन

काठमाडौं, १ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सीमा अतिक्रमणको विरोधमा गरेको प्रदर्शनमा प्रहरीद्वारा हस्तक्षेप भएको छ ।

कालो ब्यानर र राष्ट्रिय झण्डासहित प्रदर्शनमा उत्रिएकाहरुलाई ठमेलको अस्कल क्याम्पसबाट निस्किएका उनीहरुलाई प्रहरीले लैनचौरबाट पक्राउ गरेको हो ।

बेलुन राखेर उडाइएको कालो ब्यानरमा लिम्पियाधुरासहितको नेपाली नक्सा बनाइएको छ र अंग्रेजीमा ‘मोदी हेर, यो हो नेपालको नक्सा’ लेखिएको छ । पक्राउ पर्नेहरुमा नेविसंघका नेता नवराज त्रिपाठीसहित मनिस सिंखडा, दीपक ओझा, सन्तोष पाण्डे, सरोज थापा र दिपेश ओली रहेका छन् ।

Loading...