“उत्पादनशील क्षेत्रमा बैंकले लगानी गर्न सकेन”

खस्यौली, २७ कात्तिक । रुपन्देहीको सैनामैनामा रहेका उद्योगी तथा व्यवसायीले उत्पादनशील क्षेत्रमा बैंकले लगानी गर्न नसकेको बताएका छन् । आज सैनामैनामा उद्योग वाणिज्य सङ्घको पाँचौँ साधरणसभामा उनीहरुले बैंकको चर्को र अस्थिर ब्याजदरका कारण उद्योगी तथा व्यवसायी धरासायी हुने अवस्थामा पुगेको बताए ।

सो अवसरमा प्रदेश नं ५ को उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले सैनामैनामा रहेको अव्यवस्थित बसोबासले केही समस्या भएको उल्लेख गर्दै एकीकृत जग्गा प्रणालीमा गएर आधुनिक बस्ती बसाल्न आग्रह गरे । उनले सैनामैना बुद्धकालीन सभ्यतासँग जोडिएको नगर भएकाले तिब्बतसँग जोडिएको प्रमुख नाकाका रूपमा उद्योगी, व्यवसायीको उत्पादनलाई प्रतिस्पर्धी बनाउन आवश्यक भएको बताए ।

सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले सहकारीसँग भएको पूँजीलाई उद्योगधन्दामा परिचालन गर्न आवश्यक भएकामा जोड दिँदै यस क्षेत्रको विकासका लागि लगानी गर्न आग्रह गरे । सैनामैना उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजबहादुर क्षेत्रीले औद्यगिक क्षेत्र बनाउन नगरपालिकासँग समन्वय गर्दै सैनामैनालाई उद्योग, वाणिज्य र कृषि केन्द्रको रूपमा स्थापित गरिने बताए ।

Loading...