नयाँ चलचित्र ‘सनाखत’ नेपालभाषा र नेपालीमा निर्माण हुने

काठमाडौँ, २६ कात्तिक । नयाँ चलचित्र ‘सनाखत’ नेपालभाषा र नेपाली दुइ भाषामा एकसाथ निर्माण हुने भएको छ । नेपाली समाजका कथा बस्तु समेटिने गरि नेपाली कथानक चलचित्र ‘सनाखत’को मंगलबार शुभमुहर्त गरिएको छ ।

 

कथाकार लक्ष्मण राजवंशीको कथामा आधारित यस चलचित्रमा मुख्य भूमिका कलाकारहरु मदनकृष्ण श्रेष्ठ, हरिबंश आचार्य, नारायणदेवी प्रधान, सन्तोष पन्त, राजाराम पौडेल, नायक धिरेन शाक्य, सबिन शाक्य रहनुका साथै अन्य धेरैको नेपाल भाषा चलचित्रमा देखिएका कलाकारको विभिन्न भूमिका रहने छ ।

उक्त चलचित्रमा कलाकार आर्यम नकःमिको लेखन र निर्देशनमा ए.एन ईन्टरटेन्मेन्टले प्रस्तुत गर्न लागेको हो । दिपेन बस्न्यातले छायांकन गर्नुहुने उक्त चलचित्रलाई आर्यम नकःमि, सपना शर्मा र गोपालकाजी कायस्थले संयुक्त रुपमा निर्माण गर्नुहुनेछ ।

 

Loading...