यूट्यूवमा भाइरल बनेका अघोर बाबाकी श्रीमती पक्राउ, पछि-पछि प्रहरी चौकी पुगे अघोर बाबा

काठमाडौं, २५ कार्तिक । युट्यूवमा अघोरीबाबा भनेर भाइरल भएका बाबाकी नव दुलही शारदा पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौंको सुन्दरीजल क्षेत्रमा लामो समयदेखि बसोवास गर्दै आएका अघोरी मृत्युञ्जय बाबा भनेर चिनाउने बाबाले केही महिना अघि मात्र विवाह गरेको आफै सार्वजनिक गरेका थिए । अमेरिकाको बसाई त्यागेर नेपाल आई घरबार सबै त्यागेका बाबासँग विवाह गरेर चर्चामा आएकी अघोर बाबाकी नवदुलही पाण्डेलाई महानगरीय प्रहरी बृत्त बौद्धले पक्राउ गरेको हो ।

प्रहरीले उनलाई ठगी गरेको आरोपमा अनुसन्धानको लागि पक्राउ गरिएको जनाएको छ । पाण्डेविरुद्ध अमेरिका लगिदिन्छु भन्दै ठगी गरेको आरोपमा आइतबार बौद्ध प्रहरीमा एक महिलाले उजुरी गरेकी थिइन्।

भाइरल बाबा भनेर चिनिने बाबा काठमाडौंको लाजिम्पाटका विजय केसी भएको खुलिसकेको छ । लाजिम्पाट क्षेत्रमा रक गीत गाउँदै हिड्ने विजय केसी अहिले अघोर मृत्युञ्जय बाबा भनेर आफूलाई चिनाएर पश्चिमी युवाहरुको शैलीमा कुराकानी गर्ने शैली, माइकल ज्याक्सनको नृत्य स्टाइलमा रुची राख्ने र अग्रेजी गीत समेत गाउने गरेर चर्चामा आएका थिए ।

तिनै अघोरी बाबासँग केही महिनाअघि बिहे गरेकी पाण्डेले युट्युबहरुमा अन्तर्वार्ता पनि दिँदै आएकी थिइन । पाण्डेलाई अनुसन्धानको लागि बोलाएपछि अघोरी बाबा पनि प्रहरी चौकी पुगेका थिए। अघोरी बाबा प्रहरी चौकी पुगेपछि युट्युबरको घुइँचो लागेको छ ।

Loading...