नेपाल तस्करीको हब बन्यो, फेरि पक्राउ परे करोडौको सामानसहित दुई विदेशी तस्कर

काठमाडौँ, ९ असोज । लागुऔषध कोकिनसहित एक बोलिभियन र एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

पासपोर्ट नं ए ९६२२३१ वाहक २७ वर्षीय बोलिभियन नागरिक अधेमर एनेज्लोपेज र पासपोर्ट नं एच ३७९१७५० बाहक ५९ वर्षीया भारतीय महिला कमर जहनलाई दुई किलो ७०० ग्राम कोकिनसहित शनिबार साँझ ठमेलको एक होटलबाट लागुऔषध नियन्त्रण ब्यूरोको प्रहरी टोलीले पक्राउ गरेको हो ।

राजधानीमा आयोजित पत्रकार सम्मेलनमा ब्यूरोका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक ठुले राईले बोलिभियन नागरिक एनेज्लोपेज सो लागुऔषधसहित बोलिभियाबाट ब्राजिल, युयईको दुबई हुँदै चार दिनअघि नेपाल आएका थिए ।

यस्तै, शनिबार भारतको दिल्लीबाट काठमाडौँ आएकी भारतीय नागरिक जहनले होटलबाट एनेज्लोपेजको साथमा रहेको सो कोकिन लिइरहेको अवस्थामा प्रहरीले दुवैलाई पक्राउ गरेको थियो । उनले सो लागुऔषध दिल्ली लैजान लागको प्रहरीलाई बयान दिएकी छिन् ।

प्रहरीले शंकास्पद अवस्थामा रहेका एनेज्लोपेजलाई चार दिनअघि नेपाल आएलगत्तै निगरानीमा राखेको थियो । निकै महँगो लागुऔषध मानिने कोकिन अन्तर्राष्ट्रिय बजारमा प्रतिकिलो एक करोडदेखि दुुई करोडसम्म मूल्य पर्छ । बरामद गरिएको कोकिनको मूल्य करिब पाँच करोड पर्न आउने बताइन्छ ।

Loading...