टुँडिखेल अतिक्रमण बिरुद्द अभियानताले थाले ‘अकुपाइ टुँडिखेल’

कार्तिक २३ ,काठमाडौँ । विश्व स्वन्त्रता दिवसको अवसर परेर नागरिक अभियानता ,अधिकारकर्मीले टुँडिखेल खुल्ला हुनुपर्ने माग गर्दै आजबाट ‘अकुपाइ टुँडिखेल’ मानव साङ्ग्लो अभियान सुरु गरेको छ ।
बिहान करिब एक घण्टासम्म रत्नपार्क देखि सैनिकमञ्चको चारै तिर मानव साङ्लो बनाएर अभियानको सुरुवात गरिँएको हो ।
पहिलोचरण अन्तर्गतको यो अभियानमा खुल्लामञ्च र दुईमाजुमा भएको अतिक्रमण भएको विरुद्धमा काठमाडौँ महानगर पालिकाका उपमेयर हरिप्रभा श्रेष्ठ खड्गी ,पुर्व प्रधान मन्त्रि बाबुराम भटराई, पुर्व रक्षा मन्त्रि भिमसेन दास प्रधान , विभिन्न राजनीतिक दलका प्रतिनिधि, काठमाडौंका संघीय र प्रदेश सांसद,सामाजिक अगावा प्रतिनिधिका साथै कलाकारहरुको समेत बाक्लो सहभागितामा ‘अकुपाइ टुँडिखेल’ अभियानमा मानव साङ्लो बनाएर सांकेतिक आन्दोलनमा सहभागी भए ।
टुडिखेल ,खुल्ला मंचमा भएको अतिक्रमणको बिरोधमा विभिन्न जनचेतनामुलक प्लेकार्ड र ब्यानरहरु प्रदर्शन गरिनुका साथै नाराहरु सहितको बेलुन उडाइएको छ।
राणा प्रधान मन्त्रि जंग बहादुरको राज्यकालमा रत्नापाक बात दशरथ रंगशाला सम्मको लम्बाई ३ माइल र ३ सय गज चौडाई दक्षिण एसियाकै ठुलो परेड मैदानको रुपमा चिनिन्थ्यो । भिन्न समएमा अनेक कारण साँगुरो र खण्डिकरण हुदै बि.स १९३४ मा धिरशमशेर राणाले शैनिक परेड मैदानबनाउन समथल व्यवस्थित बनाउन लगाएको बताइन्छ ।
अभियान अन्तर्गत तीन महिनासम्म प्रत्येक शनिवार टुँडिखेल क्षेत्रमा रचनात्मक र चेतनामुलक कार्यक्रम संचालन गरिने ‘अकुपाइ टुँडिखेल’ अभियानका सयोजक विजय श्रेष्ठले बताए। आउने दिनहरुमा टुँडिखेल संग सम्बन्धित इतिहास कथा, यहाँ संचालनहरु जात्रा पर्वका बारेमा चर्चाका साथै कविता वाचन,चेस प्रतियोगिता, विभिन्न खेलकुद गतिविधिहरु संचालन गरिने बताइएको छ।

 

 

 

 

Loading...