चर्कियो भारतविरोधी आन्दोलन

Go back indiya

काठमाडौं । भारत सरकारले केही समयअघि सार्वजनिक गरेको आफ्नो देशको नक्सामा नेपालको भुभाग समेटेपछि नेपालमा भारतविरोधी आन्दोलन चर्किएको छ । नेपाल सरकारसहित सम्पूर्ण राजनीतिक दल र सरोकारवालाले भारतको सो कदमप्रति आपत्ति जनाउँदै आन्दोलन गर्न थालेका छन् ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा, नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा लगायतका पार्टीहरुका युवा र विद्यार्थी संगठनहरुले सडक तताउन थालेका छन् । उनीहरुले भारतको सो कमदविरुद्ध आन्दोलन गर्दै ‘गो ब्याक इन्डिया’ भनेर नारावाजीसमेत गरिरहेका छन् ।

यहीक्रममा भारतले आफ्नो नयाँ नक्सामा नेपाली सीमाबारे कुनै परिवर्तन नभएको दावी गरेको छ । बिहीबार भारतीय विदेश मन्त्रालयले पत्रकार सम्मेलन गरी नयाँ नक्सामा नेपाल र भारतको सीमानाबारे कुनै परिमार्जन नगरेको जनाएको छ । यद्यपी उसले जारी गरेको नक्सामा कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतमै समेटिएको छ ।

भारतले जारी गरेको नयाँ नक्सामा नेपालको कालापानी र लिपुलेक पनि समावेश गरेर औपचारिक रुपमै नेपाली भूमि हडप्न खोजेको भन्दै विरोध प्रदर्शन भइरहेका बेला भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीशकुमारले नेपाल र भारतको सीमानाबारे कुनै परिमार्जन नगरेको बताएका हुन् ।

उनले नयाँ नक्साले भारतको यथार्थ सार्वभौम क्षेत्रलाई समेटेको जनाएका छन् । प्रवक्ता कुमारले नेपालसँग जोडिएका सीमा व्यवस्थित गर्न दुइदेशीय संयन्त्रले काम गरिरहेको भन्दै द्विपक्षीय सम्बन्धका आधारमा सम्वादमार्फत समाधान खोज्ने प्रतिबद्धता समेत जनाएका छन् । उनले दुई देशबीच विवाद सिर्जना गराउने तत्वबाट दुबै देश सचेत रहनुपर्ने बताएका छन् ।

Loading...