अदालतबाट सजाय पाएर फरार अभियुक्त पक्राउ

लहान, २१ कात्तिक । अङ्गभङ्ग मुद्दामा अदालतबाट सजाय पाएर फरार रहेका सिरहाको अर्नामा गाँउपालिका–४ का ५० वर्षीय घुरनप्रसाद यादवलाई प्रहरीले पक्राउ गरेको छ ।

आफ्नै घरमा लुकीछिपी बसिरहेको प्राप्त सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको सादा पोसाकको प्रहरी टोलीले बुधबार साँझ यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

अङ्गभङ्ग मुद्दामा यादवलाई जिल्ला अदालतबाट छ महिना कैद तथा रु पाँच हजार २०० जरिवाना तोकिएको थियो ।

Loading...