प्रतिभाशाली कलाकार अमर भाटको “झम्के पानी” भिडियो सहित

पाल्पाली प्रतिभाशाली कलाकार अमर भाटको तेस्रो गित बजारमा आएको छ । बिशेष गरी भारत र पाकिस्तानमा बढी गाइने कवाली शैलीको गित झम्के पानी बजारमा आएको हो । हरेक पटक फरक शैलीका गित गाउन खप्पिस भाटले यस अघि ल्याएका २ गित पनी फरक फरक शैलीका थिए । उनी भन्छन म सबै खाले गित गित सन्ने स्रोताको चाहना अनसार गित पस्कने गर्दछु ।

उनी थप्छन मलाइ पनी हरेक पटक केही फरक गरौ भन्ने चाहना हुन्छ र त्यही बमोजिम अहिले कवाली शैलीको गित बजारमा ल्याएको छु । हार्थोक पाल्पामा जन्मेका भाट बिद्यार्थी समय देखीनै संगित कक्षेत्रमा लागेका हुन । भाट गाउन मात्र नभएर शब्द लेख्न, संगित भर्न र अभिनयमा समेत माहिर छन । हालै आएको गितमा पनी गायक स्वंयमको शब्द संगित र स्वर रहेको छ ।

२०५२ सालबाट सांगितीक यात्रा आरम्भ गरेका गायक भाटले यस अघी गीतिएल्बम एल्बम ‘बैगुनी निरमाया २०६० सालमा त्यसपछि ‘काँडा’ र अहिले २०७६ मा ‘झम्के पानी’ बोलको गीत बजारमा ल्याएका हुन । शाश्त्रिय संगितको समेत शिक्षा लिएका भाट बाँसुरी ,सारङी, मादल, तबला, किबोर्डहरु बजाउँन समेत माहिर छन ।

गीतको भिडियोलाइ पाल्पाकै हार्थोक भैरबस्थान क्षेत्रमा छायांकन गरिएको छ । गायक स्वयमकै निर्देशन रहेको भिडियोलाइ सन्तोष बस्यालले छायांकन तथा सम्पादन गरेका हुन । भिडियोमा नृत्य निर्देशन अन्जु थापा मगरको रहेको छ। गीतको भिडियोमा अमर भाट अन्जु थापा , विजय बिक्रम, खिम, रमेश ,नारायणको संयुक्त रुपमा अभिनय रहेको छ । भिडियोमा नशाले पार्ने प्रभाव, माया प्रेम र दुख बेदनाका बिषय समाबेश गरिएको छ ।

Loading...