सत्यवातीमा चिच्याएर बर माग्ने मेलाको तयारी तिब्र, मेला ३ दिनसम्म चल्ने

पाल्पा, २० कात्तिक । नेपालकै अनौठो मानिने चिच्याएर बर माग्ने पाल्पाको सत्यवती मेलाको तयारी सुरु भएको छ । मेला मुल आयोजक समितिको आयोजनमा आज भएको पत्रकार सम्मेलनमा मेलाको तयारी अन्तिम चरण्मा पुगेको जानकारी दिईएको हो । यस वर्षको मेला यही कात्तिक २४, २५ र २६ गते गरि तिन दिन सम्म चल्ने मुल आयोजक समितिका संयोजक तिल बहादुर रानाले जानकारी दिए ।

सत्यवती मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष तिल बहादुर रानाले यस वर्ष जोग परेकाले सत्यवती मेला भर्न आउने श्र्रदालु भत्तजन बढ्ने भएकोले मेलको तयारीलाई चुस्त दुरुस्त बनाईएको बताए । मेला अवलोकनका साथै दर्शनको लागि आउने भत्तजनको सुरक्षाको लागि सुरक्षा ब्यास्था र भिडभाड नियन्त्रणको लागि पास भएका मोटरसाईकल बाहेक अन्य कुनै पनि सवारीसाधन लाई प्रवेशमा रोक लगाईने भएको छ ।

पत्रकार सम्मेलन कार्यक्रममा तिनाउ गाउँपालिका अध्यक्ष ओम बहादुर घर्ती मगरले धार्मिक पर्यटनको प्रचारप्रसार र विकासको लागि सत्यवती मेला सार्थक बन्ने बताए । मेलाको थप ब्यवस्थापनलाई प्रभावकारी बनाउन गाउँपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गरे । यस वर्ष जोक परेकाले मेला भर्न आउनेको संख्या बढ्ने अपेक्षा आयोजकदे लिएको छ । झन्डै ३ लाख श्र्रदालु भक्तजनहरुले सत्यवती बजैको दर्शन गर्ने अनुमान गरिएको छ ।

सत्यवती वजैले कानले नसुन्ने भएका कारण चिच्याएर बर माग्ने धार्मिक विश्वास रहेको छ । यसरी चिच्याई चिच्याई बर माग्ने नेपालकै एक मात्र धार्मिक स्थल सत्यवती मन्दिर मानिन्छ । भक्तजनहरुको घुइचोलाई व्यवस्थापन गर्न मन्दिरमा सवारी साधन प्रवेशमा रोक लगाईएको सचिव लाल बहादुर दर्लामीले बताए ।

४ रोपनी क्षेत्रफलमा फैलिएको सत्यवती ताल सिमसार क्षेत्रमा पर्ने दुर्लब ताल हो । सत्यवती मन्दिर एवम् ताललाई ३ पटक घुमेर चिच्याएर बर माग्ने चलन छ । ताल घुमिसकेपछी तालको छेवैमा लिङगो गाड्ने चलन छ ।

मन्दिरमा पुजा गर्ने, परेवा उडाउने, बोका, हाँस, राँगा लगायतका पशुहरुको वली दिने चलन रहि आएको छ । सत्यवती मन्दिरमा चिच्याएर बर माग्दा मनोकाङक्षा पुरा हुने धार्मिक विश्वास रहि आएको छ । झुम्साको पानीमिलबाट करिव ६ किलोमिटर तथा चौविसमाइलबाट हिडेर सत्यवती मन्दिर पुग्न सकिन्छ ।

Loading...