होटेल र रेस्टुरेन्टमा बैंकको साढे ६५ अर्ब कर्जा

काठमाडौं । बैंक तथा फाइनान्स कम्पनीहरुले होटल तथा रेष्टुुरेन्ट क्षेत्रमा ६५ अर्ब ५९ करोड ११ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्थाको कर्जा लगानीसम्बन्धी विस्तृत तथ्यांकअनुसार आर्थिक वर्ष २०७३/७४ को ११ महिनामा होटल क्षेत्रमा उक्त परिमाणमा कर्जा लगानी भएको हो ।

राष्ट्र बैंकका अनुसार सो अवधिमा २८ वटा वाणिज्य बैंकहरुले मात्र होटल क्षेत्रमा ५४ अर्ब २२ करोड ३९ लाख ३० हजार रुपैयाँ कर्जा प्रवाह गरेका छन् । क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी ५० वटा विकास बैंक र ३३ वटा फाइनान्स कम्पनीहरुले पनि उक्त क्षेत्रमा क्रमशः नौ अर्ब ७४ करोड ४१ लाख २० हजार रुपैयाँ तथा एक अर्ब ६२ करोड ३० लाख ५० हजार रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

सो अवधिमा बैंक तथा फाइनान्स कम्पनीहरुको कुुल निक्षेप भने २२ खर्ब ९२ अर्ब ९५ करोड ६७ लाख रुपैयाँ रहेको छ । कुुल निक्षेपमध्येमा पनि वाणिज्य बैंकहरुको मात्र निक्षेप १९ खर्ब ७५ अर्ब आठ करोड ३६ लाख १० हजार रुपैयाँ रहेको छ ।

विकास बैंक र फाइनान्स कम्पनीहरुको कुुल निक्षेप भने सो अवधिमा क्रमशः दुुई खर्ब ५९ अर्ब ५५ करोड ५२ लाख ४० हजार रुपैयाँ तथा ५८ अर्ब ३१ करोड ८३ लाख रुपैयाँ रहेको छ ।

राष्ट्र बैंकका अनुसार बैंक तथा फाइनान्स कम्पनीहरुको कुुल कर्जा भने सो अवधिमा १९ खर्ब ४८ अर्ब २३ करोड ८५ लाख ८० हजार रुपैयाँ रहेको छ । कुुल कर्जामध्ये वाणिज्य बैंकतर्फ १६ खर्ब ५४ अर्ब ८१ करोड ८२ लाख ३० हजार रुपैयाँ रहेको छ भने विकास बैंक र फाइनान्सतर्फको कर्जा क्रमशः दुुई खर्ब ३७ अर्ब ३९ करोड ८२ लाख ५० हजार र ५६ अर्ब दुुई करोड २१ लाख रुपैयाँ रहेको छ । बैंकिङ क्षेत्रको कुल कर्जामध्येमा बाँकी कर्जा भने कृषि, पूर्वाधार, निर्माण, खुुद्रा बैंकिङ, उपभोग, खानी तथा वन पैदावार, मत्स्यपालनलगायतका क्षेत्रमा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Loading...