दोश्रो मेयर कप टेबुल टेनिस प्रतियोगिता हुने

  कार्तिक १९ ,ललितपुर ।

ललितपुर महानगरपालिका १६ वडाको आयोजनामा कार्तिक २३ गते शनिबार बाट सप्ताहव्यापी मेयर कप टेबुलटेनिस प्रतियोगिता हुने भएको छ ।
मंगलबार पत्रकार सम्मेलन गरि ललितपुर महानगरपालिकाका १६ न वडा अध्यक्ष निर्मल रत्न शाक्यले विभिन्न १२ इभेन्टका टेबुलटेनिस प्रतियोगिता हुने बताउनुभयो ।
प्रतियोगितामा महिला ,पुरुषतर्फ गरि सिंगल र डबलमा खेलिने छ ।
प्रतियोगिता आउदो कार्तिक २३ शनिबार बात साँझ ५ बजे बात राती १० बजे सम्म ललितपुर १६ वडा नागबहालमा खेलाइने भएको छ ।
खेल प्रतियोगितामा प्रथम हुने लाइ दस हजार ,दोश्रो पाँच हजार र तेश्रो तिन हजार पुरस्कार राशी तोकिएको छ ।

टेबुल टेनिसका राष्ट्रिय प्रशिक्षक राजेन्द्र कपालीका अनुसार प्रतियोगितामा स्थानीय प्रतिस्पर्धीले भाग लिन पाउने बताए ।

खेल प्रतियोगिताका आयोजक वडा नम्बर १६का वडाध्यक्ष निर्मलरत्न शाक्यले अन्र्तराष्ट्रिय पदक जित्न सक्ने खेलाडी निर्माण गर्नको लागि प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिनुभयो ।

Loading...