सरकारले ग¥यो सातवटै प्रदेशका प्रमुख बर्खास्त

काठमाडौं । सरकारले सातै वटै प्रदेशका प्रमुखहरुलाई बर्खास्त गरेको छ। मन्त्रिपरिषदको सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले सातै प्रदेशका प्रमुखलाई बर्खास्त गरेकी हुन्।

मन्त्रिपरिषदको आइतबार बसेको बैठकले प्रदेश प्रमुखहरुलाई पदमुक्त गर्न सिफारिस गरेको थियो । संविधानको धारा १६५ को उपधारा १ को खण्ड अनुसार प्रदेश प्रमुख प्रदेश प्रमुखहरुलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

२०७४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन पछि कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले ७ वटै प्रदेशका प्रमुख सिफारिस गरेको थियो । निर्वाचन पछि २०७४ फागुनमा प्रधानमन्त्री भएका केपी शर्मा ओलीले प्रधानमन्त्री भएपछि नै देउवा नेतृत्वको सरकारले गरेका निर्णय उल्ट्याएको थियो ।

देउवा नेतृत्वको सरकारले राष्ट्रियसभा सदस्यमा ३ जनालाई सिफारिस गरेको निर्णय ओली सरकारले फिर्ता लिए पनि प्रदेश प्रमुखको नियुक्ति फिर्ता लिने विषयमा विवाद सिर्जना भएपछि तत्कालका लागि उक्त निर्णय स्थगित गरिएको थियो ।

देउवा नेतृत्वको तत्कालीन सरकारले गरेको सिफारिसका आधारमा प्रदेश नम्बर १ को प्रमुखमा गोविन्द बहादुर तुम्बाहाङ, प्रदेश नम्बर २ को प्रमुखमा रत्नेश्वर लाल (कायस्थ), प्रदेश नम्बर ३ को प्रमुखमा अनुराधा कोइराला, गण्डकी (४ नम्बर) प्रदेशको प्रमुखमा बाबुराम कुँवर, प्रदेश नम्बर ५ को प्रमुखमा उमाकान्त झा, कर्णाली (६ नम्बर) प्रदेशको प्रमुखमा दूर्गा केशर खनाल र सुदूरपश्चिम (७ नम्बर) प्रदेशको प्रमुखमा मोहनराज मल्ललाई नियुक्त गरिएको थियो ।

यस्तो छ राष्ट्रपति कार्यालयको विज्ञप्ति

Loading...