सिद्धबाबामा पहिरोमा किचिएर कार र ट्रकका चालकसहित ३ को मृत्यु

रुपन्देही, ७ असाेज । बुटवलबाट पाल्पा जाने सडककाे सिद्धबाबा नजिक पहिराे खसेर तीन जनाकाे मृत्यु भएकाे छ । सिद्धबाबा क्षेत्रकाे भिरालाे ठाउँमा माथिबाट खसेकाे पहिराेमा परी एउटा ट्रक र एउटा कार नराम्ररी किचिएका छन् । कारमा च्यापिएका दुर्इ जनाकाे घटनास्थलमै मृत्यु भएकाे छ ।

बुटवल-पाल्पा सडकको सिद्धबाबा खसेकाे पहिराेमा परी एक जना घाईते भएका छन् । मृत्यु हुनेमा रुरु गाउँपालिकाका ५१ वर्षीय तिलकराम भण्डारी र बलेटक्सार ४ का यमलाल ज्ञवाली रहेकाे बुटवल प्रहरीले जानकारी दिएकाे छ । मृतक दुवैजना लु १ च ७९९४ नम्बरको कारमा रहेका थिए । मृतकमध्ये ज्ञवालीले कार चलाइरहेका थिए । कारमा तिलकराम भण्डारी र उनकी श्रीमती राधिका भण्डारी रहेका थिए । श्रीमती भण्डारी भने सामान्य घाइते भएकाे प्रहरीले जनाएकाे छ ।

पहिरोमा परि ना ३ ख ६१९१ नम्बरको ट्रकका चालक तिनाउ गाउँपालिका ४ पाल्पाका माधव रानाको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । सिद्धबाबा केही पर पहिरो खसेको हो ।

शुक्रबार साँझदेखि ढुंगा खसेर अवरुद्ध भएको सडक बिहान एकतर्फी खुलेकाे थियाे । सडक खुलेपछि रोकिएका साधनहरु गन्तव्यतर्फ जाँदै गर्दा एकाएक पहिरो खसेको थियो । दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । एक जनाको उपचारको क्रममा मृत्यु भएको हाे । पहिरोले सडक अवरुद्ध भएपछि दशैंका लागि पहाडी जिल्ला हिडेका यात्रुहरु बिहानदेखि अलपत्र परेका थिए ।

Loading...