कपिलवस्तुमा प्रहरीले सर्वसाधारणमाथि चलायो गोलीको बर्षा, एक जनाको मृत्यु

कपिलवस्तु, १४ कार्तिक । कपिलवस्तुमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ । कृष्णनगरमा बढेको झडप नियन्त्रण लिने क्रममा प्रहरीले चलाएको गोली लागेर सुरज कुमार पाण्डे नाम गरेका एक व्यक्तिको मृत्यु भएको हो ।

जिल्लाको कृष्णनगरमा लक्ष्मी मूर्ति बिसर्जन गर्ने विषयमा दुई पक्षबीच झडप भएको थियो । झडप नियन्त्रण गर्न ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । साथै स्थानीय प्रशासनले जिल्लामा अनिश्चितकालीन कर्फ्यूको आदेश समेत जारी गरेको छ ।

प्रहरीले मृतक पाण्डे लगायतका व्यक्तिले कर्फ्यू उल्लंघन गरेको आरोप पनि लगाएको छ । मृतक पाण्डे कृष्णनगर नगरपालिका वार्ड नं. २ निवासी हुन् । प्रशासनले बिहान ११ बजेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि कृष्णनगर बजार क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ। कर्फ्यू कृष्णनगर बजारको भन्सार कार्यालयको उत्तर ७०० मिटरदेखि, पश्चिम ७०० मिटर र पूर्व ३०० मिटर क्षेत्रमा लागु गरिएको छ।

हिजो साँझ लक्ष्मी मूर्ति सेलाउने विषयमा विवाद पछि झडप भएको हो। झडप पछि १० १२ वटा मूर्ति सेलाउन अझै बाँकी रहेको छ।

Loading...