नेपाल सम्बत् ११४० यसरी मनाए (फोटो फिचर)

काठमाडौं, १२ । राट्रिय तथा नेपालको मौलिक सम्बत नेपाल सम्वत् ११४० न्हूदँ प्रारम्भ भएकाे छ ।

यस सम्वतलाई बिशेष गरी नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाःले ईसं ८८० मा काठमाडौं उपत्यकाका गरिब जनताको ऋण मोचन गरी नेपाल संवतको सुरुवात गरेका थिए ।  

 

  

 

 

 


यसैबीच नेपाल संवत् ११५० को अवसरमा मंगलबार राजधानीमा विभिन्न समुदायले भिन्ना

षभुषामा बाजागाजासहित भित्रि सहरमा र्याली गरिएको छ । नेपाल संवत् मूल समारोह समिति ११३५ ले आयोजना गरेको पदयात्रा बसन्तपुरबाट सुरु भएर जैसीदेवल, लगन, जैसीदेवल, भीमसेनस्थान, नरदेवी, बाङ्गेमुढा, असन, मछिन्द्रबहाल, इन्द्रचोक हुँदै सोही ठाउँमा पुगेर सभामा परिणत भएको थियो ।

नेपाल संवत् ११४० न्हूदँ राष्ट्रिय समारोह समितिले आज वसन्तपुरमा आयोजना गरेको समारोहमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले गुठीका नाममा भइरहेको अतिक्रमण रोकेर मुलुकमा धर्म, संस्कृति र परम्परालाई संरक्षण गर्न सरकारले विशेष महत्व दिएको बताउनुभयो ।

उहाँले कम्युनिष्टको सरकारले धर्म संस्कृति मास्नका लागि गुठी विधेयक ल्याएको भनेर केही समूहले प्रचार गरेको भए पनि किसानलाई जमिनको मालिक हुनबाट बाधा गर्ने तथा उनीहरुलाई हलिया बनाइराख्ने परम्पराको अन्त्य गर्न गुठीलाई परिस्कृत गर्न उक्त विधेयक ल्याइएको बताउनुभयो ।

नेपाल संवत् मुलुकको पहिचानसँग जोडिएको हुँदा यसको इतिहास र गौरवलाई कायम राख्नुपर्नेमा जोड दिँदै उहाँले उक्त संवत् वैज्ञानिक र व्यवहारिक रहेको उल्लेख गर्नुभयो ।

उपप्रधानमन्त्री पोखरेलले उक्त संवत्का प्रवर्तक शङ्खधर साख्खाःको सङ्घीय राजधानीको केन्द्र भागमा शालिक बनाउन आयोजक समितिलाई सुझाव दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले पठाउनुभएको शुभकामना सन्देश कार्यक्रममा पढेर सुनाउनुभएको थियो ।  


काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नेपाल संवत् राष्ट्रिय संवत् भएकाले अब यसलाई सरकारी क्षेत्रमा पनि कार्यान्वयन गर्दै लैजानुपर्ने विचार व्यक्त गर्नुभयो । समितिका अध्यक्ष रमेश महर्जनले नेपाल संवत्ले सामाजिक सांस्कृतिक एकता कायम गराउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

यसवर्ष तिथि–मिति घटबढ भएका कारण यही कात्तिक १३ गते नेवार समुदायलाई भाइटीका मनाउन सरकारले सार्वजनिक बिदा दिएको छ ।

Loading...