डुङ्गा डुब्दा एक सय जना बेपत्ता

त्रिपोली, ५ असोज, । लिबियाको पश्चिमी क्षेत्रमा आप्रबासी चढेको डुङ्गा डुब्दा एक सय जनाभन्दा बढी यात्रु बेपत्ता भएका छन् ।

उद्धारकर्ताहरूले बुधबार सात जनालाई जीवितै उद्धार गरेको लिबियन नौसेनाले बिहीबार जनाएको छ ।

शरणार्थीहरू जम्मा हुने केन्द्रको रूपमा रहेको सब्रथा भन्ने ठाँउमा डुङ्गा दुर्घटना भएको अधिकारीहरूले बताएका छन् ।

गत हप्ता पनि तटरक्षकहरूले तीन हजारभन्दा बढी आप्रवासीलाई उद्धार गरेका थिए । उनीहरूलाई तटरक्षकले उद्धारपछि युरोपतिर तारिदिएका थिए भने अरू दुई हजार जनालाई इटलीमा पु¥याइएको थियो ।

लिबियाबाट एक हप्तामै यति धेरै बाहिरिएको संभवतः पहिलो पटक भएको समाचारमा जनाइएको छ ।

Loading...