करोडको कौडा खेल्दै गरेको पूर्वमन्त्रीसहितको भीआइपी टिम पक्राउ

काठमाडौं, १० कार्तिक । कराेडाै रकम राखेर जुवा खेलिरहेका एक पूर्व मन्त्रीसहितका जुवाडेलाई प्रहरीले पक्राउ गरेकाे छ ।

प्रहरीले जुवाखालबाटै पूर्वराज्यमन्त्री सहित २५ जनालाई पक्राउ गरेको जनाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदीले जुवा खालबाट नगद र चेक गरी २ करोड ७० लाख बढी रकम बरामद भएको जानकारी दिएका छन ।

काठमाडौंको महाराजगञ्जमा रहेकाे होटल साम्लाको पछाडि रहेको बिक्रम गाैतमको घरबाट उनीहरुलाई गिरफ्तार गरिएको एसएसपी सुबेदीले बताए । पक्राउ पर्नेहरुमा पूर्वराज्यमन्त्री सहित बलाराम सापकोटा, सोबित सिलबाल लगाएत  छन् । पूर्वराज्यमन्त्रीको नाम भने प्रहरीले गोप्य राखेको छ । प्रहरीले जुवा घरमा छापा मार्दा उनीहरु जुवामा मस्त थिए । विशेष सूचनाका अाधारमा त्यहाँ छापा मारिएको सुवेदीले जानकारी दिए ।

जुवा खालबाट २ करोड ६७ लाख नगद र ३ लाखका चेक बरामद गरिएको बताएको छ । स्राेतका अनुसार बरामद भएको रकम गन्न मात्रै प्रहरीलाई ३ घण्टा लागेको थियो । 

पक्राउ गरिएका राज्यमन्त्रीसहित सबैलाई प्रहरीबृत्त महाराजगन्जमा राखिएकाे छ ।

Loading...