पात्रो तिथि बिवादमा अलमलिनु भन्दा यस्तो गर्दा राम्रो

नेवार समुदायको ठूलो चाड मध्येको तिहार (स्वन्ति), (क्वःपुजा, खिचा पुजा, लक्ष्मीपुजा, म्ह पुजा, किजा पुजा) का साथै अन्य मौलिक चाडहरु प्राय तिथिको आधारमा दुई दिन या एकै दिन दुई चाड मनाईनुपर्ने अनुसारको ज्योतिष पात्रोमा प्रकाशन आउने गर्दछ ।

बार्षिक तिथि मितिको अंकगणित अनुसार ज्योतिषिले आफ्नै तरिकाबाट यसरी एकै पर्व दुई दिन या दुई पर्व एक दिन छुने गरि प्रकाशन गरिदा नेवार समुदायले आफ्नो परम्परामा असर परेको बारे समयमा नै किन ध्यान दिएन त ? नेपाली पात्रो त नयाँ नेपाल सम्बत् भन्दा निकै महिना अगाडि प्रकाशन हुने गर्दछ । त्यसै समय नेवार पर्वमा असहज परेको बारे किन ध्यान राखीएन ?

यसले गर्दा नेवार समुदायमा मनाईदै आएका पर्वहरु आफैमा कुनबेला कहिले मनाउने भन्नेबारे अन्योलता श्रृजना भएको छ । नेवार समुदायभित्र आ–आफ्नो संघ सस्थाले बेलैमा राम्ररी ध्यान दिन जरुरी छ । प्रत्येक वर्ष नयाँ पात्रो प्रकाशन आउनु भन्दा अगाडि नै नेवार समुदायभित्र आवद्ध संघ सस्थाले आपसी छलफल गरी अनुकूल तिथि सहितको पात्रोमा समावेस गराउनको लागि सम्बन्धित ज्योतिषलार्इ दबाब दिनुका साथ उपत्यका भित्रका प्रमुख ठूला पर्वमा सार्वजनिक बिदाको मागका लागि सरकार समक्ष जानकारी दिन जरुरी छ ।

Loading...