तीन वर्षदेखि विद्रोहीको नियन्त्रणमा यमनको राजधानी

एजेन्सी । यमनको राजधानी साना विद्रोहीको नियन्त्रणमा रहेको बिहीबार तीन वर्ष पूरा हुने भएको छ ।

पूर्व राष्ट्रपति अलि अब्दुल्लाह सालेह समर्थक हुथी विद्रोही समूहले राजधानी सानामा कब्जा जमाएको तीन वर्ष पूरा भएको हो ।

सालेह शासन सत्ता छोडेपछि उनका समर्थकहरूले गरेको आन्दोलन हजारौँ व्यक्तिले ज्यान गुमाएका थिए ।

सन् २०१४ को सेप्टेम्बर २१ का हुथी विद्रोही समूहले राजधानी सानालगायत सरकारी प्रमुख कार्यालय र राज्यको रेडियो सेवा कब्जा गरेका थिए । सो कब्जाको क्रममा भएको द्वन्द्वको क्रममा २७० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो ।

सन् २०१५ को मार्च महिनाबाट साउदी अरेबियाको सहयोगमा यमनको हुथी विद्रोहीविरुद्ध हवाई आक्रमण शुरु गरेका थिए ।

Loading...