कार्तिक १३ गते किजा पुजाको लागि पनि विदा दिने मन्त्रिपरिषदको निर्णय

काठमाडौं, कात्तिक ७ गते । सरकारले नेवार समुदायको कात्तिक १३ गते किजा पूजा (भाई टीका) पर्ने भएकाले सार्वजनिक विदा दिएको छ ।

कात्तिक ५ गते बसेको मन्त्रिपरिषद बैठकका निर्णय अनुसार ‘किजा पूजाको लागि विदा दिने’ निर्णय गरिएको गृह मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख गरिएको छ । गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा नेपाल भर सबै सरकारी कार्यालय, सार्वजनिक निकाय, संघ–संस्था, शिक्षण संस्थाहरुसमेतमा सार्वजनिक विदा दिएको उल्लेख छ ।

काठमाडौं उपत्यकाका नेवार समुदायले आफूहरुको भाइटीका तिथि अनुसार कात्तिक १३ गते पर्ने भएकाले विदा माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष ज्ञापनपत्र दिएका थिए ।

यस्तो छ गृहमन्त्रालयको सूचना

Loading...