नवलपरासीमा लागु औषधसहित दुई पक्राउ

परासी, ७ कात्तिक । पश्चिम नवलपरासीमा लागुऔषधसहित दुई युवा पक्राउ परेका छन् । प्रहरी चौकी गेरमीको टोलीले जिल्लाको भारतीय सीमा नजिकै पाल्हीनन्दन–५ चमनटोलबाट बुधबार उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रामग्राम नगरपालिका–१० मन्झरीयाका ४० वर्षीय विश्राम हरिजन र पाल्हीनन्दन गाउँपालिका–३ वेशालपुरका २४ वर्षीय बेचु गोसाईँ रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाका अनुसार भारतबाट युपी५६डब्लु ४६८८ नंको भारतीय मोटरसाइकलमा झुण्ड्याएर नेपालतर्फ लागुऔषध ल्याउँदै गर्दा उनीहरुलाई पक्राउ गरिएको हो ।

उनीहरुको साथबाट नाइट्राभेट टेन ५० पत्ता १५०० एम्पुल, नुरफिन ५० एम्पुल, फेनारागन ५० एम्पुल र डाइजोपाम ५० एम्पुल बरामद गरिएको उनले बताए । पक्राउ परेका दुवै जनाविरुद्ध लागुऔषध मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

Loading...