मेक्सिकोमा गएको शक्तिशाली भुकम्पमा परी २४८ को मृत्यु

मेक्सिकोमा मंगलवार राति गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २४८ पुगेको समाचार छ।

भूकम्पको मापन ७.१ म्याग्निच्युडको गरिएको अमेरिकी भौगार्भिक संस्थाले जनाएको छ। यसबाट ठूलो जनधनको क्षतिको अनुमान गरिएको छ।

मृत्यु हुनेमा प्राथमिक विद्यालयमा अध्ययनरत २१ जना बालबालिका पनि परेका छन्। उनीहरु अध्ययनरत विद्यालयको भवन भत्किएको अधिकारीहरुले जनाएका छन्।

भकम्पपछि उद्वारकार्य जारी छ। कैयौँ व्यक्ति भूकम्पबाट भत्किएका भग्नावशेषमा पुरिएको हुनसक्ने अनुमान गरिएको छ।

Loading...