बाबुराम र उपेन्द्रको प्रवासी संगठनमा विवाद, एकता घोषणा कार्यक्रमबाट बने दुई छुट्टै संगठन

टोकियो । नेपाली संघीय समाज जापान र अन्तराष्ट्रीय नेपाली समाजको औपचारिक एकता घोषणा कार्यक्रम बिवादमा परेको छ ।

आज अक्टूबर २० तारीखमा जापानको राजधानी टोक्योको रोधीमा एक पक्षले एकता घोषणा कार्यक्रम गरि नयाँ कमिटी घोषणा गरेको छ भने अर्को पक्षले उक्त नेपाली संघीय समाज मात्र भएको जनाएको छ ।

नेपालमा संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीविच एकता भए अनुसार जापानमा सक्रिय रहेका रहेको प्रवास संगठनले एकता घोषणा कार्यक्रम आयोजना सहमतिमा गरेको भए पनि अन्तिम समयमा आएर नेतृत्व कस्ले गर्ने भन्ने विवादले गर्दा एकता घोषणा कार्यक्रम नै विवाद परेको हो । नयाँ शक्ति नेपाल पार्टीका जापान संगठन अन्तराष्ट्रीय नेपाली समाजका अध्यक्ष पदमसिंह ठगुन्नाले तयारी नपुगेको भन्दै सो घोषणा कार्यक्रम स्थगित गरिएको र उक्त कार्यक्रममा अन्तराष्ट्रीय नेपाली समाज सहभागि नभएको पत्रकार सम्मेलन गरी जानकारी दिएका छन ।

नेपाली संघीय समाज जापानले भने पूर्व सहमति अनुसार नै एकता घोषणा कार्यक्रम गगेको बताएको छ । एकता घोषणा भनिएको कार्यक्रमबाट नयाँ शक्ति सम्वद्ध सरिता ढकालको नेतृत्वमा १२१ सदस्यीय कमिटी घोषणा गरिएको थियो ।

Loading...