पूर्व गृहमन्त्री सिटौलामाथि लाग्यो यस्तो आरोप, बयानका लागि बोलाइयो, जालान जेल ?

काठमाडौ । रौतहटमा भएको भएको नरसंहार घटना लुकोउने काममा सहयोग गरेको भन्दै तत्कालिन गृहमन्त्री एवं कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौला तानिने भएका छन् ।

सिटाैलाले गृहमन्त्रालयको बागडोर सम्हालिरहेको बेलामा उक्त कहालीलाग्दो घटना घटेकोे थियो । यो घटनाको सवुद लुकाउन, संरक्षण र निर्देशन पनि उनैले गरेको खुल्न अाएकाे छ । उनलाई साथ दिएका थिए तत्कालिन पूर्व आईजी ओम विक्रम राणा र एआईजी जयबहादुर चन्दले ।

यस घटनालाई सामसुम र गुपचुप पार्न तत्कालिन गृहमन्त्री सिटौला, आईजीपी राणा र घटनापछि रौतहट प्रहरी प्रमुख बनेर पुगेका (हाल एआईजीबाट अवकाश प्राप्त) चन्द र महान्यायाधिवक्ता यज्ञमुर्ती बन्जाडेको मुख्य भूमिका देखिएको छ ।

उनीहरुको निर्देशनमा जिल्ला न्यायधिवक्ता ध्रुबमणी ज्ञवाली, सशस्त्रका एसपी रामकृष्ण लामा, प्रमुख जिल्ला अधिकारी दुर्गाप्रसाद भण्डारी, एसपी लक्ष्मण न्यौपाने र अनुसन्धान अधिकारी प्र.नि. राजीब बस्नेत फिल्डमा रहेर यो घटना दबाउन भूमिका खेलेको पाईएको छ ।

१२ वर्षपछि कानुनी दायरामा आएको यो घटनामा गृहमन्त्री सिटौलादेखि राणा,चन्द र बञ्जाडेसहित स्थानीय प्रहरी प्रशासन प्रमुखहरु पनि तानिएपछि उनीहरुलाई पनि बयानका लागि बोलाउने तयारी भईरहेको छ ।

यो घटनामा संलग्न देखिएका उच्च पादधिकारीहरुलाई समेत कारबाहीको दायरामा ल्याएर न्याय हराएको छैन भन्ने अनुभूति दिन पनि वयानका लागि बोलाउने तयारी भएको बताईएको छ । स्थानीय प्रहरी प्रशासनले अहिले उनीहरुको संलग्नताबारे आवश्यक अध्ययन र अनुसन्धान गरिरहेको छ ।

स्थानीय प्रहरी प्रशासनको सुक्ष्म अध्ययन र अनुसन्धानपछि उनीहरुलाई बयानका लागि बोलाउने भएको छ । आम नरसंहारका नाइके मोहम्मद अफताब आलमको यो घटना त्यसबेला त्यसै सामसुम पारिएको थियो । तर सोही घटनामा आलम समातिएपछि यो घटनाले नयाँ मोड लिएको हो ।

Loading...