महरालाई प्रहरीले अस्पतालबाटै लग्यो अदालतमा, अझै थुनामै राख्नुपर्ने प्रहरीको माग

काठमाडौं, २८ असोज । निवर्तमान सभामुख कृष्णबहादुर महरालाई प्रहरीले आज अदालतमा उपस्थित गराएको छ । बलात्कार प्रयासको आरोपमा पक्राउ परेका महरालाई प्रहरीले नर्भिक अस्पतालबाट अदालतमा हाजिर गराएको हो । पक्राउ परे पनि उनको स्वास्थ्य अवस्था बिग्रिएका कारण अस्पताल भर्ना गरिएको थियो ।

प्रहरीले उनलाई जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको हो । प्रहरीले घटनाबारे थप अनुसन्धानका लागि म्याद थप्‍न महरालाई अदालतमा उपस्थित गराएको हो। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई नर्भिक अस्पतालमा भर्ना गरिएको छ । नर्भिकबाटै उनलाई बबरमहलमा रहेको काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको हो ।

संसद सचिवालयका महिला कर्मचारीमाथि बलात्कारको प्रयास गरेको आरोपमा महरालाई असोज १९ गते सभामुख निवासबाटै प्रहरीले पक्राउ गरी महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखेको थियो ।

Loading...