मतपेटिका बोकेको गाडीमाथि बम विष्फोट

३ असोज                                                                                                    
 सर्लाहीमा मतदान केन्द्रबाट मतपेटिका बोकेको गाडीलाई लक्षित गरेर बम फिस्फोट भएको छ ।
जिल्लाको हरिऔन नगरपालिका अन्तर्गत बिलन्दी प्रा.वि.मा रहेको मतदान केन्द्रको मतपेटिका बोकेको गाडी बम विष्फोटमा परेको हो ।
सुरक्षाकर्मीसहित उक्त गाडी मतपेटिका बोकेर नगरपालिकाको कार्यालयतर्फ जाँदै थियो ।
विस्फोटपछि प्रहरीले हवाई फायरिङ गर्नुको साथै नेपाली सेनाले हवाई गस्ती समेत गरेको बताइएको छ ।
विस्फोटबाट कुनै मानविय क्षति नभएको, मतपत्र सुरक्षित रहेको प्रहरीले जनाएको छ । बिस्फोटको जिम्मा कसैले लगेको छैन ।      

 घटना स्थल हरिवन बजार राजमार्ग भन्दा  डेद घण्टाको दुरीमा मतदान भएको दिन सोमबार साझ भएको स्थानियेबासिले जानकारी दिएको छ । 

Loading...